Wednesday, August 31, 2016

                                                       मेरो चिनीया कथा

                                  एक विचार, एक रुची एक भावना
                                                  भुपाल  दास श्रेष्ठ


              हाम्रो मित्रराष्ट्र  चीन  आधिकारिक नाम जनवादी गणतन्त्र चीन  पूर्वी एशियामा अवस्थित  विश्वको सर्वाधिक जनसंख्या भएकोे र ९६,४१,१४४ वर्ग किलोमीटर क्षेत्रफलको भएको देश । चिन राष्ट्र नेपालको उत्तरको छिमेकी र अत्यान्त घनिष्ठ मित्र देश पनि हो । माओले बाधेको अनुशासनमा तङ स्वाउ फिङले खोलेको वैदेशिक द्वार र विकासको नीतिले खुल्दै गएको चीन आजको दिनमा आइपुग्दा साच्चै ‘नया चीन’ भइसकेको छ ।


            वास्तवमा भन्ने हो भने चीन मेरो सपनाको देश हो । बारम्बार मलाइ चीन भ्रमण गर्ने त्यहाँको समग्र पक्षकोे बारेमा जान्ने बुभ्mने उत्सुक्तामा मैले सी. आर.आई. नेपाली सेवाको कार्यक्रमहरु सुन्न थाले पछि जागेको थियो । त्यसैले बारम्बार चीन सम्बन्धी जानकारीको माध्यम सी. आर.आई. नेपाली सेवालाई बनाउन थाले पनि चिनको प्रत्यक्ष भ्रमण गर्ने र त्यहाँको समग्र जानकारी लिने चाहनाले क्रमशः म चीन प्रति दिनानुदिन समर्पित हुँदै गएँ । फलस्वरुप मेरो मेहनत , मेरो लगन र सी. आर. आइ. अनि चीन प्रतिको मेरो मोह , माया र ममता देखेर सीआरआइ नेपाली सेवाले मलाई चीन भ्रमण गर्ने सुनौलो अवसर प्रदान ग¥यो ।

                     मैले १ अक्टुबर १९९२ का दिन श्री शैलेस्थान सि.आर.आइ मैत्री क्लबको स्थापना पश्चात सि.आर.आइ र  चीनको बारेमा ब्यापक प्रचार प्रसार गर्दै, ज्ञानबर्धक जानकारी दिने मात्र हैन सि.आर.आइले विभिन्न अवसर पारेर पठाएको ,प्रकाशीत गरेको पत्र पत्रिका ,फोटोहरु,पोष्टकार्ड, चीत्र इत्यादिको  प्रत्यक्ष प्रदर्शनीले र  सन १९९४,१९९५,१९९६,१९९७ मा सिरहाको सिरहाली आवाज मार्फत   सि.आर.आइ  को प्रचार प्रसारकालागि लेख, रचना, लगाएतका सामाग्रीले निकै प्रभाव पार्यो फलस्वारुप सौभाग्यले यस क्लवको अध्यक्षको नाताले म भुपाल दास श्रेष्ठले सन  १९९७ सालमा चिन भ्रमणको शुभ अवसर पाएँ ।

          मलाइ आज पनि सम्झना छ सन १९९७ को त्यो स्वर्णीम अवसर जति बेला मैले सी आर आइ नेपाली सेवाको निमन्त्रणामा चीन घुम्ने विशेष अवसर प्राप्त गरेको थिएँ । मेरो जिवनको अविस्मर्णीय त्यो विशेष यात्राको  १६ वर्ष भै सकेछ अहिले तर आज पनि मलाइ हिजो जस्तो लाग्छ ।

     म लगाएत हाम्रा मित्र टिकाराम धिमिरे चिनका लागि भाषा विशेषज्ञ कृष्ण बहादुर प्रधान र उहाकि श्रीमति  चारजना काठमाण्डौंबाट चाइना साउथ वेस्टको प्लेन चढेर आकाशे मार्ग हुँदै पश्चिमी चीनमा रमणीय र विशेषयुक्त जातीय रितिरीवाजयुक्त ल्हासा शहर एयर पोर्टमा उत्रिए पछि हाम्रो गन्तब्य अझ अगाडि भएको कारणले र कस्टम क्लीयर गरेर आन्तरीक हवाइ उडानबाट हामी छन्दु शहर पुग्यौं । जहाँ हाम्रो स्वागतका लागि पैचीङबाट केशरी मैया दिदी र यसभन्दा अघिनै चीन पुगी सक्नु भएका प्रकाश बाबु पौडेल ज्यु तैयार भएर बस्नु भएको थियो । यसरी हामी पाँच जना नेपाली र हाम्रा गाइडका रुपमा रहनु भएको केसरी मैया दिदी लगाएत ६ जनाको टोली चीन भ्रमणको लागि तैयार भैसकेको थियो । ठुला ठुला गगन चुम्बी महलहरु व्यवस्थित शहर सन्तुलीत वातावरणीय संरक्षण र चीनीया जनताको आफ्नो देशप्रतिको ममता पाहुनाप्रति गरीने सम्मान सत्कार असल व्यवहार देखेर हामी नतमस्तक भयौं ।

        हाम्रो यात्राको पहिलो पडाव छन्दु थियो । जहाँ हामीले त्यहाँको रमणीय वातावरणको आनन्द लियौं । हामीलाई गाइड गर्न, त्यहाँका स्थानीय एक मित्रले सहयोग गर्नु भएको थियो । छन्दुमा हामीले निकै प्राकृतिक सुन्दरताको आनन्द लियौं । जतासुकै सुन्दर भवनहरु , सुन्दर सफा बाटो, रुख, विरुवा, बिजुली बत्ती , झिलीमिली गाडीहरु तल माथि दाया बाया एकै लाइनमा मात्र कुदेको ब्यवस्थित शहर र धामिर्क–सांस्कृतिक भिन्नताले बन्ने सामाजिक सोचका साथै मनमोहक प्राकृतिक दृश्यावलीहरुले परिपूर्ण ठाउहरु घुमियो ।

त्यहाँको प्रसिद्ध धार्मिक स्थलको समेत भ्रमण गर्ने सुअवसर पाएका थियौं साथै स्थानीय।खानाको परिकारले त हामीलाई लोभ्याउनु लोभ्यायो । दोस्रो दिन फेरी आन्तरीक उडानबाट अर्को सुन्दर नगरी सिचुआन शहर पुग्यौं ।

                सिचुआनमा पनि हाम्रो स्वागतका लागि स्थानीय रेडियोमा काम गर्ने अर्को मित्रले हामीलाई त्यहाँको पर्यटकीय र धार्मिक स्थलहरुको बारेमा वृस्तीत जानकारी दिनु भयो । मूल्यवान पूरातात्विक सम्पदा, विशाल पहाडहरु, ठूल्ठूला नदीहरु, प्राचीन कालका शान्दार वास्तु–कला, अनौठा जनावर र वनस्पतिहरु र अनगिन्ती पर्यटकीय तथा पूरातात्विक स्थलहरुको भ्रमण गर्ने अवसर पायौं ।
           त्यसपछि हामी अर्को दिन ऐतिहासिक शहर सियाान पुग्यौं । सि आन शहर चीनको पल्लो शान सि प्रान्तको सदर मुकाम , उत्तर–पश्चिमी चीनको राजनैतिक, आर्थिक तथा यातायातको केन्द्रर पनि हो । बीसौं शताव्दीको सबैभन्दा महान खोज मानिएको विश्वको आठौं  विशृषेतायुक्त ठाउ  र युनेस्कोद्बारा  विश्व सम्पदा सूचीमा समावेश गरिएका पूरातात्विक स्थल अर्थात् छिन वंशका प्रथम सम्राटको समाधि स्थल पनि सि आन शहरको लिन थोंग क्षेत्रमा अवस्थित टेराकोटा मन्दिर , जहा  छ हजारभन्दा बढी टेराकोटा सिपाहीहरुको संख्या रहेको विश्व प्रसिद्ध पर्यटकीय स्थलको भ्रमणले हामी कृतार्थ भएका छौ । यसका अतिरिक्त, त्यहा रहेको  ता येन स्तुप, ह्वा छिंग ताल र ह्वा शान पहाड आदि रमण्ँीय पर्यटकील स्थलहरुको पनि अवलोकन गरियो ।

           अबको हाम्रो गन्तव्य थियो चीनको राजधानी बैजिङ । समग्र देशको मुटुको धड््कन बैजिङ शहर जान हामी साँझमा ट्रेन चढेर विहान झिसमीसेमा बैजीङ रेलवे स्टेशनमा उत्रीयौं जहाँ हाम्रो स्वागतका लागी आउनु भएको थियौं छाङ्ग हो दिदी । उहाँसँगको सामान्य भला कुसारी पछि साँझमा सुहाओ ज्यू आउनु भयो , हाम्रो अन्र्तवार्ता लिनु भयो ।

             पैचिंगको इतिहास ज्यादै लामो छ । कूटनैतिक आवत–जावत पनि निरन्तर रुपमा विस्तार हुदैआएको  पैचिंग शहर , प्राचीन इतिहास र आधुनिक दृष्य संगसंगै मिलेकाले यो शहर विभिन्न मुलुकबाट आउने पर्यटकहरुको ध्यानाकर्षण गर्न सफल हुदै आएको छ

                हामी भोलिपल्ट विश्व चचिर्त बेइजिङको चिनको विशाल प्रखाल हेर्न पुग्यौ । एक कि.मि. टाढा केबुलकार चढी सुरुङ मार्ग हुदै हिडेर  स्थानिय मानिसको अत्याधिक भिड छिचोलेर सयौं डाडाहरुको माथि पर्खाल निर्माणँ भएको मंगोलियनहरुको आक्रमणँबाट देशलाई बचाउन करिब दश हजार किलोमिटर. लम्बाई भएको , तीन मीटर उचाई र तीन मिटर जति चौडाई भएको नागवेली पर्खाल, चिनको विशाल प्रखाल चढियो
        पैचिंगमा रहेका   स्तरीय , सर्वोच्च पर्यटकीय स्थलहरुमा थेन थान पार्क, मिंग वंशका श सान समाधि स्थल, गृष्म प्रासाद, पैचिंग समुद्री संग्राहालय, चीन विज्ञान र प्रविधि कक्ष पैचिंग चिडियाखाना र पैचिंग वनस्पति उद्यान, थेन आन मन चोक आदिले चीनको राजनैतिक, आर्थिक , वैज्ञानिक तथा प्राविधिक तथा सैनिक आदि पक्षहरुको विकासको अवस्था बारे जानकारी लिने सुअवसर पायौ ।
             केही दिनको बैजिङ बसाइमा हामीले सी. आर. आइ. को नयाँ भवनमा पुग्ने अवसर पायौं । अत्याधुनिक सञ्चारका सम्पूर्ण उपकरणले सुसजीत सी आर आइका सबै विभाग हुँदै हामी हाम्रो नेपाली विभागमा पुग्यौं । त्यहाँ नेपाली भाषा विशेषज्ञका रुपमा कायरत सुमन गौतम जीसँग भेटघाट गर्नुका साथै नेपाली विभागमा कार्यरत अन्य चिनीया मित्रसँग प्रत्यक्ष भेट्ने अवसर पायौं । कार्यरत चिनीया साथिहरुले न्यानो अभिवादन गर्नु भयो । त्यसै दिन साझमा तत्कालीन सी.आर.आइ.प्रमुख ज्यु सँग भेट्ने कार्यक्रम तय भए बमोजिम हामी पाँचैं जना होटलमा पुग्यौं औपचारिक अनौपचारिक कुराकानी पश्चात् हामीले नेपालबाट लिएर गएको मायाको चिनो उपहार सी.आर. आइ. प्रमुखलाई, नेपाली विभागलाई र कार्यरत मित्रलाई प्रदान ग¥यौं । उहाँहरुले पनि हाम्रा लागि उपहारको व्यवस्था गर्नु भएकोले उपहारको आदान प्रदान पछि सहभोजमा संलग्न भयौं । हामीलाई हाम्रा चिनीयामित्रहरुले देखाउनु भएको मित्रभाव र सद्भावले हामी निकै कृतार्थ भयौं । शब्दमा बयान गर्न सक्दैनौं । चिनीया मित्रहरु कति उदार र दयालु रहेछन् भनेर । त्यहाँबाट हामी सबै चीनको अर्को प्रान्त सन्जनमा जान तम्तयार भयौं । हाम्रो साथै रहनु भएको केशरी मैया दिदि पनि सँगै सन्जन जानु भयो । सन्जनमा हामीले हङ्कङ्को एउटा अर्कै प्रारुप देख्यौं । चिनीया सरकारले हङ्कङ्को जस्तै वातावरण भएको त्यस्तै अर्को एउटा टापु निर्माण गरेको थियो । जसलाई सन्जन भनिन्थ्यो । त्यहाँको विकास क्रम देखेर हामी निकै प्रभावित भयौं । एकरात त्यही सन्जनमा बसेर भोलिपल्ट हामी हङ्कङ्को लागि प्रस्थान ग¥यौं । हाम्रो यात्राभरी सँगै रहनु भएको केशरी मैया दिदि हामीसँग विदा भएर जानु भयो । हामी पनि हङ्कङ्को लागि प्रस्थान ग¥यौं । हाम्रो त्यही दिनको प्लेनको टिकट भएकोले एयरपोर्टमा पुग्यौं तर दुर्भाग्यवस प्लेनमा टिकटहरु फुल भएकोले हामीले नेपालको साही नेपाल वायु सेवा निगम बाट यात्रा गरेर नेपाल आउने अवस्थाको सिर्जना भएन । बुभ्mदै जादा सा.ने.वा.नी. को अर्को प्लेन तीनदिन पछिमात्र जाने रहेछ । भन्नुको तात्पर्य के भने तीनदिन सम्म हामीले हाम्रै खर्चमा हङ्कङ्मा बस्नुपर्ने भयो । चौथो दिन मात्र हामी नेपाल फर्कन सक्यौ


सबैले मिलेर देशको सबै सम्स्याको समाधान खोज्नु पर्छ